द्रुत सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलामा आधिकारीकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
कैयौं सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउनु होला । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा पनि यो अनिवार्य गरिएको छ ।
