यस कार्यालयको कार्य क्षेत्रका नगरपालिका तथा गाउँपालिकाहरुको विवरणः-
१. लहान नगरपालिकाको सबै वडा ।
२. भगवानपुर गाउँपालिकाको सबै वडा ।
३. सखुवानन्कारकट्टी गाउँपालिकाको सबै वडा ।
४. धनगढीमाई नगरपालिकाको १२, १३ र १४ नं. वडा ।
५. लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६ नं. वडा ।
६. नवराजपुर गाउँपालिकाको १ नं. वडा रहेका छन् ।
लहान नगरपालिकाकाे संक्षिप्त परिचयः
सिरहा जिल्लाको पूर्वी भाग तथा पूर्व पश्चिम राजमार्गमा पर्ने यो नगरपालिका वि.स. २०३२ सालमा लहान बजार, लहान गोठ र सिगराही मटीयार्वा गा.वि.स.हरु मिलेर नगरपालिका बनेको हो । पुर्वाञ्चल विकास क्षेत्रको सिरहा जिल्लामा अवस्थित पुर्व पश्चिम राजमार्गको पुर्वी खण्डमा रहेको यस नगरपालिकालाई नेपालको पुर्वी क्षेत्रमा जाने यातायतका साधनहरुको ढोका भने पनि हुन्छ । लहान नगरपालिकाको पूर्वमा बलान नदी (सप्तरी जिल्ला), पश्चिममा धनगढीमाई नगरपालिका, दक्षिणमा सखुवानान्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका र उत्तरमा उदयपुर जिल्ला पर्दछन् । हिन्दूहरूको बडादशैं, तिहारका साथै स्थानीय चाडपर्वमा सिरूवा, फागु, भातृ द्वितीया, चौठ चन्द्र, छठ, दीपावली, बडादिन प्रमुख छन्। नगरमा कोइरी, कायस्थ, कथवनियाँ, थारू, मुसलमान, मारवाडी, मुसहर, यादव, डुम, चमार, ब्राम्हण, क्षेत्री लगायत विभिन्न जातजाति बसोबास गर्दै आइरहेका छन् । लहान बजारदेखि ४ कि.मि. पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको फूलवारी छ । उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ । उक्त ठाउँको एउटा रूखमा वर्षको एक पटक वैशाख १ गते मात्र फूल फुल्छ । उक्त फूल हेर्न नेपाल र भारतका हजारौं व्यक्ति पुग्छन् । त्यसैगरी लहानदेखि ६ कि.मि. उत्तरमा पकडरिया गढ अवस्थित छ भने नगरमा विभिन्न मठ मन्दिर छन् ।
स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानीपुर, हनुमाननगर, फुलकाहा कट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुर कट्टी
दिर्घकालिन सोंच: "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार ,धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लहान, सिरहा
Powered By: ProActive Developers