Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सिराहा

ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सिराहा

ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय परिचय 2077-03-25

 

इलाका प्रशासन कार्यालय लहान, सिरहाकाे सामान्य परिचय 

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला  प्रशासन कार्यालय सिरहाकाे प्रत्यक्ष निर्देशन र नियन्त्रणमा मिति २०४८ साल देखि इलाका प्रशासन कार्यालय लहान स्थापना भएकाे पाइन्छ । वि‍‍.सं.२०६३।१०।०५ गतेवाट भएकाे तराई आन्दाेलनका कारण यस कार्यालयवाट सम्पादन हुने कार्यहरू जिल्ला प्रशासन कार्यालयवाट सम्पादन हुने गरेका थिए । वि.सं.२०६६।०४।३२ गतेवाट पूर्ववत रुपमा यस कार्यालयकाे पुनस्थापना भई नियमित रुपमा कार्य संचालन हुदै आएकाे छ । वि‍.सं.२०४८ साल देखि २०७२ जेठ १ गतेसम्म रा‍.प.तृतीय श्रेणी शाखा अधिकृतकाे नेतृत्वमा कार्यालय संचालन हुदै आएकाेमा वि.सं.२०७२।०२।०१ गतेवाट रा.प.द्बितिय श्रेणी उप सचिवकाे नेतृत्वमा याे कार्यालय संचालन हुदै आएकाे छ । हाल यस कार्यालयमा १५ जनाकाे जनशत्कि रहेकाे छ ।

          यस कार्यालयवाट मुख्यतया नयाँ नागरिकता प्रदान गर्ने, प्रतिलिपी नागरिकता प्रदान गर्ने, राहदानीका फारम संकलन गरी राहदानी  विभाग पठाउने र प्राप्त राहदानी वितरण गर्ने, शान्ती सुरक्षा र व्यवस्था कायम राख्न लगायत प्रमुख जिल्ला अधिकारीवाट प्रत्याेजित अन्य अधिकारकाे प्रयाेग गर्ने गर्दछ ।

              यस कार्यालयकाे कार्यक्षेत्र हाल लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका,धनगढीमाई नगरपालिका वडा नं.१२, १३, १४, लक्ष्मीपुर पतारी गाउँपालिका वडा ६ र नवराजपुर गाउँपालिका वडा नं.१ रहेका छन् ।

 


पछिल्लो अपडेट गरिएको : 2080-02-14 11:43:57

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

Powered By: ProActive Developers