Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सिराहा

ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सिराहा

ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय 2077-03-25

सिरहा जिल्ला : एक परिचय

जिल्लाकाे सामान्य परिचय तथा भुउपयाेगः

प्रदेश नं. २ अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको यो जिल्लाको प्राकृतिक बनाबट हेर्दा दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन छ । प्रशासनीक विभाजनको रुपमा ४ वटा निर्वाचन क्षेत्र‚ प्रदेश सभाको लागि ८ वटा निर्वाचन क्षेत्र, ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका कायम गरिएको यस जिल्लाको सदरमुकाम सिरहा हो भने मिर्चैया‚ गोलबजार र लहान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन । यस जिल्लाको भू–उपयोग निम्नानुसार रहेको छ :

  • कुल क्षेत्रफल                       - १२२७९६.९ हे.
    • कृषि क्षेत्रफल           - ७१०११ हे.  (५७.८३%)
    • खेतीयोग्य जग्गा        - तराई ६५८१० हे.  (९२.६%)
    • खेतीवारी योग्य जग्गा - ३६२४ हे. (५.५%)
    • पाखो जग्गा              - १५७७ हे. (२.३%)
  • वन क्षेत्र                              - २७७०७.९५ हे.  (२२.६%)
  • चरण क्षेत्र                           - १३१४.२ हे.  (१५.५%)
  • आवादी नभएको क्षेत्र            - ७५८९ हे.  (६.१%)
  • घडेरी तथा पोखरी इनार        - ६४३१.९५ हे.  (५.२%)
  • नदीनाला तथा अन्य              - ८७४२.८ हे.  (७.२%)

भौगोलिक अवस्थितिः

  • अक्षांश           - २६°३३  देखि २६°५५ उत्तर
  • देशान्तर         - ८६°६ देखि ८६°२६ पूर्वसम्म
  • उचाई            - ७६ मिटर देखि ८८५ मिटरसम्म
  • औषात लम्वाई - पुर्व पश्चिम २९.७ कि.मी.
  • औषत चौडाई  - उत्तर दक्षिण ४२.४ कि.मी.
  • कुल क्षेत्रफल   - १२२८ वर्ग कि.मी.

राजनैतिक विभाजनः

  • प्रदेश न‌ं.      - २
  • निर्वाचन क्षेत्र - ४
  • नगरपालिका - ८  (सिरहा‚ लहान‚ मिर्चैया, गोलबजार, सुखिपुर, कल्याणपुर, कर्जन्हा र धनगढीमाई)
  • गाउँपालिका - ९ (अर्नमा, ‍‍औरही, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी, विष्णुपुर, नरहा, लक्ष्मीपुर पत्तारी र बरियारपट्टी)

जिल्लाकाे सिमाना :

  • पूर्व     - सप्तरी जिल्ला
  • पश्चिम - धनुषा जिल्ला
  • उत्तर   - उदयपुर जिल्ला
  • दक्षिण - भारतको विहार राज्यकाे मधुवनी जिल्ला

जलवायुः

      नेपालको पूर्वाञ्चल विकास क्षेत्रको तराईमा अवस्थित यस जिल्लाको अधिकत्तम तापक्रम ४०° सेल्सियस र न्युनतम १०° सेल्सियस सम्म रहने गर्छ । यस जिल्लाको बार्षिक औषत बर्षा १४६७ मि.मि. र आद्रता औषत ९०.५ भएको पाइन्छ । जिल्लाको अधिकांस बर्षा मनसुनी हावाले ल्याउछ जुन जेष्ठ महिनाको अन्तिमतिर सुरु भएर असोज महिनासम्म रहन्छ ।

 


पछिल्लो अपडेट गरिएको : 2080-02-14 11:43:57

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लहान, सिरहा

Powered By: ProActive Developers