Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal
Ministry of Home Affairs

District Administration Office, Siraha

Area Administration Office, Lahan, Siraha

Government of Nepal Logo
Government of Nepal
Ministry of Home Affairs

District Administration Office, Siraha

Area Administration Office, Lahan, Siraha

Wednesday, Bhadra 03, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो।

परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।

 

 

  •  नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
  • बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
  • विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
  • विवरण पुष्टि हुने अन्य कागजातहरु

१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।

हाललाई पहिलो चरणमा नागरिकताको प्रमाणपत्रको आधारमा मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।दोश्रो चरणमा नावालक, गैर आवासिय नेपाली (NRN) र निश्चित समय नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत पहिचान सहितको राष्ट्रिय परिचयपत्र पाउनेछन् । दोश्रो चरणको शुरुवात गर्नु अघि सार्वजनिक सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिने छ ।

नेपाली नागरिकता प्राप्त व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका ईलाका प्रशासन कार्यालय वा आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको बेलामा आफ्नो वडामा गई विवरण दर्ता गराउन सकिन्छ । यसरी विवरण संकलन पछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार फाराम भर्न सकिन्छ।

परिचयपत्रमा नागरिकका देहायका विवरण समावेश हुन्छन् ।

क) वैयक्तिक विवरणहरुः नाम,थर, जन्म मिति, लिङ्ग, आमाबुवाको नाम, ठेगाना-स्थायी र अस्थायी, नागरिकता नम्बर, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजे, बज्यैको नाम, राष्ट्रियता र परिचयपत्र नम्बर ।

ख) जैविक विवरणः औंला छाप (१० वटा औंला), आँखाको Iris, फोटो र विद्युतीय हस्ताक्षर ।

राष्ट्रिय परिचयपत्र बनाउन जैविक विवरणहरु संकलन गर्दा यदि कसैको  हातको केही वा सबै औला नभएमा, दृष्टिविहिन भएमा कैफियत जनाई जैविक विवरण दर्ता गरिन्छ।

राष्ट्रिय परिचयपत्र बनाउदा नागरिकतामा जन्म मिति स्पष्ट नभएमा वा नखुलेमा शैक्षिक प्रमाण पत्र, पेन्सन पट्टा वा राहदानी जारी गर्दाको मिति, वा नागरिकता जारि गर्दाको मितिलार्इ आधार मानी जन्म मिति कायम गरिन्छ। जस्तै नागरिकतामा उमेर १६ वर्ष र जारी मिति २०२६ असार १८ छ भने राष्ट्रिय परिचयपत्रमा जन्म मिति २०१० असार १८ गते राखिन्छ वा शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टामा असार १८ भन्दा पछिको मिति रहेछ भने त्यसको आधारमा जन्म मिति कामय गरिन्छ।

 

 

 

 

नागरिकतामा पतिको थर छैन भने राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न मिल्दैन । यदि पतिको थर राखेर नै परिचयपत्र बनाउने हो भने पहिला नागरिकता संशोधन गरी पतिको थर राखेपछि मात्र राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न सकिन्छ ।
 

राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का, क्याप लगाएतका सामाग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन। किनकी त्यस्ता सामाग्री/गहना लगाई फोटो खिच्दा अन्तराष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने र अनुहार/मुखाकृती समेत अस्पष्ट हुनसक्ने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना नलगाई फोटो खिच्नुपर्ने हुन्छ।

नागरिकताको भन्दा फरक स्थायी ठेगाना भएमा त्यो ठेगाना प्रमाणित गर्ने सरकारी कागजात जस्तै : बसाइ सराइको प्रमाणपत्र वा बसोबास प्रमाणित कागजका आधारमा ठेगाना कायम गर्न सकिन्छ । तर स्थानीय तहको पुनसंरचना कारण परिवर्तन भएको ठेगानाको हकमा त्यस्तो प्रमाणपत्र वा कागजात नभएपनि नयाँ ठेगाना कायम गर्न सकिन्छ ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकासन गरी तोकिएका मिति देखि राष्ट्रिय परिचयपत्र लागु गर्ने सूचना प्रकाशन गरेपछि राष्ट्रिय परिचयपत्र लागु हुन्छ। राष्ट्रिय परिचयपत्र लागु पश्चात राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा जस्तैः राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद विक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न, बैंकमा खाता खोल्न तथा कारोवार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा, मोबाइलको सिमकार्ड लिन परिचयपत्र पेश गर्नुपर्नेछ।

 

 

 

 

राष्ट्रिय परिचयपत्रमा राखिएका सबै जानकारी सबै व्यक्तिले हेर्न सक्दैनन।राष्ट्रिय परिचयपत्रका लागि संकलन भएका विवरण, तथ्यांक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गोप्य राखेको हुन्छ। विशेष अबस्थामा बाहेक यस्ता विवरण विभागले अन्य कुनै निकायलाई उपलव्ध गराउदैन।

राहदानी लिनुपर्दा राष्ट्रिय परियच नम्बर अनिर्वाय गरिएको छ।

प्रत्येक व्यक्तिको पहिचानको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने युनिक नम्बरलाई नै राष्ट्रिय परिचयपत्र नम्बर भनिन्छ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्टेशनमा गई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयहरुका स्टेशनमा तुरुन्तै र वडा स्तरमा रहेका अभियानहरुको हकमा भने केही समय पछि SMS मार्फत नम्बर प्राप्त गर्न सकिन्छ।
राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ । वा राष्ट्रिय परिचयपत्रसंग सम्बन्धित कुनै समस्या आएमा कल सेन्टरको नम्बर ०१ ५९७०४४९ मा फोन गर्न सकिन्छ ।

यदि कुनै कागजात अस्पष्ट, आफै सच्याईएको, विग्रिएको, केरमेट गरेको, च्यात्तिएको वा फोटोकपीका आधारमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न मिल्दैन। आफ्नो विवरण प्रष्ट बुझिने सक्कल कागजातका आधारमा मात्र विवरण संकलन गरिन्छ।

राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईंको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा सहितको SMS प्राप्त हुन्छ। SMS अएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट कार्ड लिनुपर्छ।

नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ। हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्छन्।

विदेशी व्यक्तिसंग विवाह गरेपनि नेपाली नागरिकता त्याग गरि विदेशी नागरिकता लिएको छैन भने राष्ट्रिय परिचयपत्र लिन सकिन्छ। तर वैवाहिक अवस्थाको वास्तविक पहिचान भने खुलाउनुपर्छ।

राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकाले स्वयम उपस्थित हुनैपर्छ ।

राष्ट्रिय परिचयपत्रमा उल्लेखित विवरण त्रुटी भएमा वा विवरण थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न राष्ट्रिय परिचयपत्र बनिसकेपछि तोकिए बमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा रहेको विवरण दर्ता स्टेशनमा गई निबेदन दिई विवरण सच्याउन सक्नेछ। यसरी विवरण सच्याउदा परिचयपत्र नम्बर परिवर्तन हुदैन।

राष्ट्रिय परिचयपत्र हराएमानासिएमाविग्रिएमाकाम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विवरण दर्ता स्टेशन रहेका ईलाका प्रशासन कार्यालयमा निवेदन दिएमा अभिलेख रूजु गरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपी उपलब्ध गराइन्छ ।

राष्ट्रिय परिचयपत्र प्रतिलिपि लिन पाँच सय रुपैयाँ राजश्व तिर्नुपर्छ। राजश्व राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखामा गएर राष्ट्रिय परियचपत्र तथा पञ्जीकरण विभाग, कार्यालय कोड ३१४०१३५०१ राजश्व शिर्षक १४२२९ र खाता न १०००१००२०००१०००० मा जम्मा गर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सहितको विवरण राखिएको हुन्छ साथै नागरिकता नम्बर, जारी गर्ने निकाय, मितिलगायतका विवरण पनि राखिएको हुन्छ। जस कारण फोटोबाट मात्र व्यक्तिको पहिचान गनुपर्ने बाध्यता रहदैन। जुम्ल्याहा, तिम्ल्याहाहरुको हकमा पनि हरेक व्यक्तिको औंलाको ल्याप्चे, आँखाको Irish फरक हुने भएकाले कसैले झुक्याउन सक्दैनन्।

यदि कसैले झुट्टा विवरण राखेर राष्ट्रिय परिचयपत्र बनाएको रहेछ भने उक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार दुई बर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार देखि पचास हजार रुपैयाँ जरिबाना हुनेछ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरेका व्यक्तिको मृत्यु भएमा मृतकको परिचयपत्र कायम रहने छैन। परिचयपत्र कायम नरहेको अबस्थामा पनि घटनाको अद्यावधिक गरी तथ्यांक भण्डारण तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ।

निम्न अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुनेछ:
  •  झुट्टा विवरण पेश गरी परिचयपत्र लिएमा
  •  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरित परिचयपत्र लिएमा
  • परिचयपत्र प्राप्त गरेको व्यक्ति नेपालको नागरिक नरहेमा

Last Updated : 2083-04-04 17:16:17

© All Rights Reserved to Area Administration Office, Lahan, Siraha